गायक कृष क्षेत्रीको आहै मेरो आहै मेरो सानुमायाको चर्चा चुलिदै ।



लोक तथा दोहरी गायक कृष क्षेत्रीको नयाँ गित “आहै मेरो सानुमाया” यति बेला चर्चामा रहेको छ । क्षेत्रीले विशेषगरी मौलिक पन झल्काउने गित संगीत लिएर आउने गर्छन् ।जस्का कारण पनि उनका गित दर्शक स्रोताहरुले अत्यन्तै रुचाउने गर्दछन ।यस अगाडिको सिस्ने हिमाल भन्ने बोलको गित अत्यन्तै दर्शक श्रोताको रुचाइएको गित हो ।

भर्खरै बजारमा सार्बजनिक गरिएको आहै मेरो सानू माया भन्ने बोलको गित अझ विशेष चर्चा बोकेको छ गितमा दैलेखको भाईरल बनेकी नब गायिका अन्जु विश्वकर्माले साथ दिएकी छिन ।

गीतलाइ स्टुडियो शंकरामा रेकर्ड गरिएको छ भने सागर पुनको रेकडिङ्ग रहेको गीतलाई कुमार सानु पुनले मिक्सिंग तथा एरेन्ज गरेका हुन् भने भिडियोमा कलाकार कृष र अन्जु आफै देखिएका छन ।
गीत कृष क्षेत्रीको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको गित अहिले ट्रेन्डिङमा रहेको छ ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार