यातायात मजदुरलाई निशुल्क स्वास्थ्य शिविर



बाँके। नेपालगन्जमा यातायात मजदुरहरुलाई निशुल्क सुगर, प्रेसर, कान र आँखा जाँच गरिएको छ। नेपालगन्ज बसपार्कबाट छुट्ने लामो दुरिका चालक तथा सहचालक गरि १ सय ५५ जनाको निशुल्क जाँच गरिएको हो ।

जनसेवा फार्मेसी तथा जिल्ला ट्राफिक प्रहरी बाँकेको संयुक्त आयोजनामा नेपालगन्ज अप्टिकल एण्ड भिजन सेन्टरले आँखा जाँच, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्जले कानको जाँच र सुगर प्रेसर जनसेवा फार्मेसीले जाँच गरेको नगर ट्राफिक प्रमुख प्रबिन आचार्यले जानकारी दिए । शिविरमा ८२ जना चालक, ५५ सहचालक र १८ जना विभिन्न समितिका कर्मचारीलाई जाँच गरिएकोमा ९ जनामा प्रेसर देखिएको आचार्यले बताए।

ट्राफिक सप्ताह अन्तर्गत सवारी दुर्घटना न्युनिकरण गर्न र चालकको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला ट्राफिक कार्यलय बाँकेका प्रमुख गोपिकृष्ण सुबेदिले बताए।

शिविर शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार