नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।नेताहरूका अनुसार आइतबार राति भएको दलहरूको छलफलमा कांग्रेससँगको गठबन्धन नरहने प्रधानमन्त्री प्रचण्डले नै सङ्केत गरेपछि एमाले र माओवादी नयाँ समीकरणको गृहकार्यमा बिहानैबाट जुटेका छन् ।सोमबार आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच छलफल हुँदैछ । स्रोतका अनुसार पुस १० को गठबन्धन ब्युँत्याउने प्रयास भए पनि राप्रपालाई सहभागी गर्ने नगर्नेबारे निश्चित भैसकेको छैन।
Post Views: 62
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्