पुर्वपश्चिम राजमार्गको चिसापानी पुलमाथी गुडिरहेको ट्रकमा आगलागी पुलमा आंशिक क्षति

२८फागुन २०८० सोमबार ; पुर्वपश्चिम राजमार्ग अन्तर्गत लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश जोड्ने मुख्य पुल चिसापानी स्थित कर्णाली पुलमा गुडिरहेको मालबाहक ट्रकमा एक्कासी आगलागी भयको छ । बर्दिया बाट कैलाली तर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको मालबाहक ट्रकमा आगो लाग्दा सामान लगायत ट्रकमा क्षती भएको छ ।
ट्रकमा लागिरहेको आगोको समयमा नियन्त्रण नहुँदा पुलमा समेत आंशिकरुपमा क्षति भएको प्रत्येक्ष दर्शकले बताएका छन । यधपी ट्रकमा सवार चालक र सह चालक भने सकुशल रहेको छन भने दमकलको सहायताले अहिले आगो नियन्त्रण लिने प्रयास जारी रहेको ईलाका प्रहरी कार्यलय चिसापानी ले जनाएको छ ।

तपाईको प्रतिक्रिया