पोखरा देखि काठमाडौ जाँदै गरेको पर्यटक बस दुर्घटना ६ जना घाइते

१० चैत २०८० पोखरा  ;  तनहुँ जिल्लाको  पृथ्वी राजमार्ग स्थित म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन् ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नं. को पर्यटक बस अनियंत्रित भइ शनिबार बिहान करिब ६:२५ सडकको दायाँ साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताएका छन ।
डिएसपी खाँडका अनुसार उक्त  बसमा २६ जना सवार थिए । घाइते हुनेहरूमा चीनिया पर्यटक  ५० वर्षीय सुन लि, ५७ वर्षीय हुक्सिया लि, ६२ वर्षीय वाङ वि डोङ, ६७ वर्षीय कियो मेङ, ६८ वर्षीय छुचेङ र ७० वर्षीय लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते हुने सबैको शुक्लागण्डकी नगरपालिकाको चौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको र दुर्घटनाको बारेमा चालकलाई नियन्त्रणमा लिइएको थप अनुसन्धान  भइरहेको डिएसपी  खाँडले बताएका छ्न ।
तपाईको प्रतिक्रिया