धारिलो हतियार प्रहार गरि हत्या प्रयास गर्ने किशोर  पक्राउ 



०२ चैत २०८१नेपालगन्ज ; बाँके को नेपालगन्ज उप-महानगरपालिका – ६ मा किशोरीलाई धारिलो हतियार प्रहार गरि हत्या प्रयास गर्ने एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

२०८० चैत २९ गते जिल्ला जाजरकोट स्थायी घर भई नेपालगन्ज उप-महानगरपालिका -६ मा भाडामा बस्दै आएकी किशोरीको हत्या प्रयास भएको थियो ।
उनी बस्ने झ्यालको तार काटेर कोठामा प्रवेश गरि१९ बर्षीया किशोरीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ बस्ने अफाग कुरेसीले ज्यान मार्ने उद्देश्यले धारिलो हतियारले टाउको, गर्धन र निधारमा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार फरार कुरेसीलाई अथक प्रयास पश्चात् नयाँ बर्षको दिन बैशाख १ गते नेपाल–भारत सीमाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको बताएका छन ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार