गनापुरको बाहुबली हर्बल उद्योगको गोदाममा भिसन आगलागी

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ गनापुरस्थित पिप्रहवा चोकमा रहेको एक जडिबुटी गोदाममा भिसन आगलागी भएको छ । बाहुबली हर्बल उद्योग प्रालिको गोदाममा बिहीबार बिहान ७ बजेबाट आगलागी सुरु भएको
हो ।

आगो अझैपनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) नारायण डाँगीले जानकारी दिए । उक्त जडिबुटी गोदाम नेपालगन्जका ब्यवसायी राजेश जैनको रहेको बताइएको छ । प्रहरीका अनुसार आगो नियन्त्रण गर्न बाँके र बर्दियाका करिव ८ वटा दमकल ल्याइएको छ ।

स्थानीय बासिन्दा नरेन्द्र ओलीले आगलागीबाट एउटा गोदाम पुरै ध्वस्त भएर पनि अर्को गोदाममा आगो लागिरहेको बताए । गर्मीयाम सुरु भएसँगै आगलागीका घटना हुन थालेका छन् । स्थानीय बासिन्दा, सुरक्षाकर्मीहरु ठूलो संख्यामा भेला भएका छन् ।

 

तपाईको प्रतिक्रिया