जिल्ला ट्राफिक कार्यालय बाँकेको सक्रियातामा नियम विपरित चल्ने सवारी साधनहरु धमाधम कार्वाहीमा पर्दै



जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सक्रियातामा नियम विपरित चल्ने सवारी साधनहरु पछिल्लो समयमा दिनप्रतिदिन कार्वाहीमा पर्ने गरेका छन्। बाँके जिल्ला भित्र रहेका विभिन्न अस्थायी ट्राफिक पोष्ट मा खटिएको टोलीले अहिले नियम विपरित चल्ने यात्रु बहाक सवारी साधनहरु लगाएत अन्य दुवानिका साधनहरुलाई कडा रुपमा चेक

 

जाँचका साथै ट्राफिक सचेतना मूलक कार्यक्रम गर्दै पैदल यात्री लगाएत सवारी साधनहरुलाई ट्राफिक नियमको पालना गराउँदै बाँकेको विभिन्न ठाउँमा सचेतना कार्यक्रम गर्न थालेपछी अहिले बाँके ट्राफिक प्रहरीको चर्चा चुलिदै आएको छ। त्यसैगरी अस्थायी ट्राफिक पोष्ट चिसापानी बाँके मा कार्यरत प्र.ह खड्क राज थापा ,प्र .ज ईश्वर के.सी र प्र .ज उत्तम सिंहको टिमले कर्णाली प्रदेश जाने यात्रु बहाक सवारी साधनहरुमा जसरी सिट क्षमता भन्दा बढी यात्रुहरु कोचाकोच गरेर लग्ने गरिथ्यो त्यसको अन्त्य गर्न अहिले आएर सफल भएको देखिन्छ।

विभिन्न यात्रु बहाक सवारीहरुको जुन यात्रुहरु हिड्ने बिचको खाली भागमा सिट क्षमता भन्दा बढी ग्याप भागमा सिटहरु थपेर यात्रु हालेर जाने सवारी साधनहरुलाई जरिवाना सहित त्यस्ता राखिएका सिटहरु निकालेर राख्ने गरिएको छ। जसले गर्दा एकातर्फ दुर्घटना न्यूनिकरणमा कमि हुनुका साथै राजस्व संकलनमा पनी दोब्बर बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपि कृष्ण सुवेदीले नेत्र पाटीलाई बताएका छन्।

 

ओभरलोड गरेर हिड्ने सवारी साधनहरुलाई कार्बाही का साथै अनलोड गएर छाड्ने गरिएको बाँके ट्राफिकले बताएको छ। त्यसै गरी मापसे गरेर हिड्नेहरुलाई पनी अहिले एकदमै कडाईको साथ लगिएको छ।जस्ले मापासे गरेर सवारी साधन चलाउँछ उसलाई प्रचलित कानुन अनुसार राजस्व तिराई हप्तामा मङ्गलबार र शनिवार अनिवार्य कलास लिएर मात्र छाड्ने गरिएको स्रोतले बताएको छ। अस्थायी ट्राफिक पोष्ट चिसापानीले मात्र गएको १५ दिनमा मात्रै ४००चिट काटे बापत ५००००० राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। यसरी प्रत्येक दिन सवारी माथि कडाई हुन थाले पछी पहिलेको तुलनामा दुर्घटना न्यूनिकरणमा एकदमै कम हुँदै गएको स्रोतले नेत्र पाटीटलाई बताएको छ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार