
नेपालगन्ज १८ मा वेस्टर्न रियल स्टेटका संचालकले आफु मनपरि बाटो बन्द गरि स्थानियलाई सास्ती दिने गरेको पाईएको छ । चलनचल्तीको बाटो शनिबारदेखि अबरुद्ध गरि आवतजावतमा समस्या भएको स्थानीय लक्षमी शर्माले जानकारी दिइन् । उनको घरै अगाडीको बाटो बन्द गर्दै वेस्टर्न रियल स्टेटका अध्यक्ष कौशल नेपालले तारबार समेत गरेका छन्
शर्माले भनिन् `सुरुमा वेस्टर्न रियल स्टेटका सदस्यहरुको नाममा जग्गा प्लटिङ गरेर बिक्री गरेको थियो । मेरो घर अगाडीसम्म चार मिटरको बाटो नक्सामा देखाएर जग्गा किनबेच भएको छ तर मेरो जग्गा अगाडीबाट पनि बाटो दिनुपर्छ भन्दै अहिले दबाब दिईरहेका छन् ।´ कहिले बाटो अगाडी खाल्डो खन्छन्, कहिले बाटो नै अबरुद्ध गरेर उनिहरुले दुख दिनेगरेका छन् ।
शनिबारदेखि शर्माको परिवारलाई घरबाट बाहिर निस्किन समेत अप्ठ्यारो पर्ने गरि कौशल नेपालले तारबार गरेको उनको आरोप छ । कानुनी हिसाबले नेपालगन्ज उप महानगरपालिका भित्र बाटोको लागि कम्तिमा ६ मिटर जमिन छोड्ने प्राबधान छ । प्लटिङ गर्ने क्रममा चलनचल्तिको बाटो देखाए पनि रियल स्टेट धनिहरुले त्यसलाई सार्वजनिक भने गरेका छैनन्।
बाटो अगाडी बढाउन खोज्दा लक्ष्मी शर्माले आफ्नो जमिन नदिएपछि आफुले अबरुद्ध गरेको कौशल नेपालले बताए । उनले भने,` उहाँले किनेको जग्गा मेरो होइन । पुर्व जग्गा धनी र उहाँहरुसँग मौखिक रुपमा बाटोको लागि जमिन छोड्ने सहमती भएको थियो । तर उहाँहरुले आफ्नो पुर्जाको जमिनमा घेरेर पर्खाल लगाउनुभयो । बाटोका लागि जमिन दिन सहमति जनाउनु भएन । त्यसपछि मैले मेरो नामको जमिन बाटोको लागि प्रयोग भएको छ । त्यसलाई के गर्ने मेरो अधिकार हो । त्यसैमा मैले तारबार गरे।´
कित्ता नम्बर १३१३ र १३१४ मा लक्षमिको घर आँगन छ । त्यही घर अगाडिको जमिन बाटोको रुपमा दिनुपर्छ भन्दै खौशल नेपालले आफुहरुलाई धम्क्याउने, तर्साउने गरेको लक्षमिको आरोप छ । कारकादो क्षेत्रमा प्लटिङ गर्ने क्रममा वेस्टर्न रियल स्टेटले संचालक समितिका सदस्यहरुका नाममा जग्गा किनेर किनबेच गरेको देखिन्छ । प्लटिङ गर्ने क्रममा चार मिटरको बाटो भने कौशल नेपालले आफ्नो नाममा गरेका छन् । प्लटिङ गरेको क्षेत्रमा अचार मिटरक बाटो छ । कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुट्याइएको छ भने त्यही बाटो अहिले अबरुद्ध गरिएको छ ।
यहि विवादलाई समाधान गर्न नेपालगन्ज उप महानगरपालिकामा दुई पक्षीय छलफल भएको थियो । छलफल भएपनी सहमति भने हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्