
पछिल्लो समय बाँकेको नेपालगंज यौन अखडाको हब बन्दै गएको छ। शुक्रबार, शनिबार र आइतबार ठुलो मात्रामा भारतिय नागरिकहरु बाँकेका बिभिन्न स्पा र बाँकेमा खुले आम सञ्चालन भएका यौन अखडाहरुमा ठुलै भिड भाड देख्न सकिन्छ। यस्ता अखडाहरुमा बाँके प्रहरीले पटक पटक छापा हानेर लगेपनी त्यसको भोलिपल्ट नै अखडाहरु सन्चालत हुने गरेको स्रोतले बताएको छ। जसको असर अहिले बाँकेमा स्पा अर्थात मसाज सेन्टर मा पनी पर्ने गरेको छ। नेपालगंजमा रहेका विभिन्न मसाज सेन्टरहरुमा नेपाली र भारतिय नागरिकहरु मसाजको बहाना बनाएर स्पामा आउने गर्दछन्। उनिहरुको लक्ष भनेको मसाज मात्र नभएर ह्यापी इन्डिङ्ग (हस्त मैथुन ) सम्भोगका साथै यौन प्यास मेटाउने थलोको रुपमा परिनत भएको छ।बाँकेमा स्पा अर्थात मसाज सेन्टर को नाममा यौन धन्दा दिन प्रतिदिन बढ्दै जाँदा समेत सम्बन्धित निकाय मौन भएर बसेको देखिन्छ।नेपालगंज लगाएत बाँकेका विभिन्न मसाज सेन्टरमा नेपाली र भारतिय नागरिकहरु मसाजको बहाना बनाएर स्पामा आउने गर्दछन्। जहाँ स्पाको रेट रु१००० देखी रू२५०० सम्म लेखिएको हुन्छ भने ह्यापी इन्डिङ्ग अर्थात हस्तमैथुन गराएको रु ५०० साथै मसाज सेन्टर भित्र सम्भोग गरेको रु१५०० लिने गरेको स्रोतले बताएको छ। यस्तो काममा प्राय जसो स्पाहरुमा नाबालिकाहरु राखेर गलत काममा लगाइएको स्रोतले बताउँछ। बाहिर अन्य ठाउँमा काम गर्दा थोरै रकम पाउने भएकाले स्पामा काम गर्ने युवतीहरुको जमात बढ्दै गएको छ। स्पा खोल्न अनुमती दिने सम्बन्धित निकायहरुले स्पाहरु के कसरी संचालन भएका छन् त्यसको अनुगमन ,छड्के चेक जाँच नगर्दा मसाज सेन्टरमा पैसाको लोभमा विकृती फैलिदै गएको छ। मसाज सेन्टरमा काम गर्ने युवतीहरु घरमा ब्यूटी पार्लरमा काम गर्न जान्छौ भनि झुट बोलेर पैसाको समस्याले गर्दा यो काम गलत हो भन्ने थाहा पाउँदा पाउँदै पनी काम गर्न बाध्यता रहेको मसाज सेन्टरमा काम गर्ने युवतीहरुले बताएका छन्। जस्ले गर्दा अभिभावकहरुले आफ्नो छोरी बुहारीहरु यस्ता गलत काममा त फसिरहेका छन् की एक पटक ध्यान दिनु पर्ने अवस्था आएको स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस्