राष्ट्रिय युवा संघ नेपाल बाँकेद्वारा प्रहरी र प्रशासनविरुद्ध प्रदर्शन



बाँके – राष्ट्रिय युवा संघ नेपाल बाँकेले आज बाँके प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको छ । युवा संघ बाँकेले नेपालगन्जको बीपी चोकमा टायर बालेर विरोध प्रदर्शन गरेको हो ।

यसअघि राप्ती सोनारी गाउँपालिकामा युवाहरुमाथि भएको खुकुरी प्रहारको घटनाका विरुद्ध युवा संघले प्रदर्शन गरेको हो । उक्त घटनामा दोषीलाई छोडेर निर्दोशलाई प्रहरीले पक्राउ गरेको भन्दै प्रहरी हिरासतमा भएकोे व्यक्तिहरुलाई छोड्नु पर्ने दबाब विरोध कार्यक्रममा दिइएको थियो ।

उक्त घटनामा प्रहरीले युवा संघ बाँकेका अध्यक्ष एवम् राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेन्द्र वलीसहित रत्न भण्डारी र लोकबहादुर डाँगीले हिरासतमा राखेको छ । युवा संघले उनीहरु निर्दोष रहेको भन्दै रिहाइको मागसहित विरोध प्रदर्शन गरेको हो ।

अर्कोतर्फ युवा संघ बाँकेले निकालेको विज्ञप्तिमा निर्देषलाई फसाउन खोजिएको भन्दै गम्भिर आपक्ति समेत जनाएको छ । उक्त विज्ञप्तिमा वलीको व्यक्तिगत र सामाजिक जीवन समाप्त गर्ने उद्देश्यले षड्यन्त्र गरिएको समेत जनाइएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार