टीकारामको आँखै रसाउने दशैं गीत सार्वजनिक



सुर्खेतका टीकाराम ढकालले यो पटकको दशैं र तिहारलाई लक्षित गरेर आँखै रसाउने गीत ल्याएका छन् । वैदेशिक रोजगारमा गएका युवाहरुलाई लक्षित गरेर टीकारामले ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ गीत ल्याएका हुन् ।

हाल बैदेशिक रोजगार बोर्डका निर्देशक, प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत ढकालको ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ गीत ओएसआर डिजिटलको यूटुव च्यानलब शुक्रबार सार्वजनिक गरिएको छ ।

गीतमा नेपाल आइडलका विजेता करण पिरियारको स्वर रहेको छ भने विपि वाग्लेको संगित रहेको छ ।
घरपरिवार छोडेर धन कमाउन परदेशीएका युवाहरुको दशंै, तिहारमा हुने पीडालाई गीतमा प्रस्तुत गरिएको छ । गीतमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरविर पंडित, हुमा भण्डारी, आरोभ ढकाल, आरुसी ढकाललगायत कलाकारको अभिनय छ । ओएसआर डिजिटलको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार