२२ असोज २०८१ जमुनाह ; सोमबार १५० ग्राम खैरो हिरोइन ब्राउन सुगर सहित २ जना जमुनाह नाका बाट पक्राउ परेका छ्न ।
नेपाल प्रहरीको ब्यूरोको टोलिले नेपालगन्ज उपमहानगरपालिका -१५ जमुनाह बजार बाट बेलुका ५:०० बजेको समयमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बहराइच जिल्ला थाना नानपारा बस्ने बर्ष ४४ को सब्बिर अहमद खान रहेका छन । खानको शरीर खानतलासी गर्दा उनको पाइन्टको दाहिने खल्ती बाट २ पोका र बाँकी बायाँ खल्ती बाट १ पोका लाघुऔसध खैरो हिरोइन १५० ग्राम फेला पारेको हो ।
भने पक्राउ परेका खानलाई सोधपुछ गर्दा उनसंग सम्पर्कमा रहेका बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका – ४ बस्ने बर्ष २५ को बब्लु हलवाइ समेतलाई पक्राउ गरि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय बुझाइएको श्रोतले जानकारी दिएको छ ।

नेत्र पाटी । २३ आश्विन २०८१, बुधबार ०४:३८