बागेश्वरी हलप्रति ‘१२ गाँउ’ निर्देशक भट्टको असन्तुष्टि

बाँके। ‘१२ गाँउ’ चलचित्रका निर्देशक तथा प्रोड्युसर विराज भट्टले नेपालगन्जको क्यू एफ एक्स हलमा फूलको गुच्छा फ्याक्दै हल प्रति असन्तुष्टी व्यक्त गरेका छन् । उनले फिल्म रिलिज भएको तेस्रो हप्ता वित्दासम्म पनि फिल्मको पोस्टर नलगाएको भन्दै हलप्रति असन्तुष्टी व्यक्त गरेका हुन् ।

आज शुक्रबार चलचित्र ‘१२ गाँउ’का निर्देशक तथा नायक विराज भट्ट र उनका छोरा नवनायक समिर भट्टले नेपालगन्जको दुई हलमा दर्शकसँग साक्षात्कार पनि गरेका थिए । नेपालगन्जको सिने रोयलमा दर्शकसँग भेटघाट पछि उनले बागेश्वरी सिनेमा हलमा आउँदा आउँदै म्यानेजरको कोठामा पुगी आफूलाई स्वागत गर्दाको फूलको गुच्छा हुर्याउँदै हलका म्यानेजरसँग स्पष्टीकरण मागेका थिए ।

क्यू एफ एक्स हलकी एक कर्मचारीले यस विषयमा आफूहरुबाटै मिस कम्युनिकेसन भएको कारणले यो समस्या देखिएको बताइन् । “हामीले सिनेमा हलको फ्रन्ट साइडमा ठाउँको अभावका कारणले पछाडि टाँसेको थियौ।” उनले भनिन् । “टिकटकमा हाल्ने व्यक्तिले पनि फ्रन्ट साइड मात्रको भिडियो बनाएर हालिदिनु भएछ तर अर्को साइडमा पोस्टर भने थियो जुन उनले देखाइनन् ।”

 

निर्देशक भट्ट र सिनेमा हल परिवारबीच केही समय छलफलपाछि समझदारी भएको थियो ।

तपाईको प्रतिक्रिया