बाँके। नेकपा एमाले बाँके १ (ख)बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चाैधरी (सन्ताेष)लाई एमालेले पार्टीबाट निलम्बन गरिएको छ।
नेकपा एमाले बाँकेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूलाई मानहानि हुनेगरी पार्टीको मूल्य,मान्यता विपरित सार्वजनिकरूपमा गालीगलाैज गर्ने,सामाजिक सञ्जालमा लेख्ने गरेको भन्दै निलम्बन गरेको हो ।
नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले पार्टीबाट निलम्बन गरेको पत्र एमाले केन्द्रीय कमिटी, लुम्बिनी प्रदेश कमिटी र बाँकेका पालिका कमिटीलाई बाेधार्थका रुपमा पठाएका छन्।
चाैधरी लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरणमन्त्रीसमेत हुन् । अहिले उनी एमाले लुम्बनी प्रदेश कमिटीकाे उपसचिवसमेत हुन्।


नेत्र पाटी । ११ मंसिर २०८१, मंगलवार ०८:१८