
बाँके। जिल्लामा हुने साना ठूला दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न जिल्ला ट्राफिक कार्यालय बाँकेले ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियान शुरू गरेको छ । सोही अन्तर्गत जाडो मौसममा लाग्ने हुस्सुले निम्त्याउन सक्ने दुर्घटना रोकथाम गर्ने उद्देश्यले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीमा रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

आइतबारदेखि नेपालगन्जको मुटु मानिने धम्बोजी चोकबाट सञ्चालन भएको अभियानमा जम्मा ३ सय पच्चीस सवारीलाई रिफ्लेक्टर स्टिकर टाँस गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पुष्कर राज पन्तले बताए। जसमा ३ सय रिक्सा र २५ साइकलमा स्टिकर टाँस गरिएको हो ।

चिसो मौसममा लाग्ने हुस्सुले रातीको समयमा हुनसक्ने दुर्घटनालाई रोकथाम गर्नको लागि रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको पन्तले बताए । उनले ‘ यो अभियान नगरमा चल्ने अटोरिक्सा चालकको भद्रगोल चलाइलाई व्यवस्थित गर्न सुरु गरिएको र यो अभियान आजदेखि निरन्तर चल्ने नेत्रपाटीलाई जानकारी दिए ।
अभियानका क्रममा अटो चालकले रिक्साको दाहिनेबाट सवारी झर्ने र ओर्लाउने समस्याले पनि दुर्घटना निम्त्याउने हुँदा चालकलाई दैनिकी रूपमा सम्झाउने जस्ता कार्यक्रम गर्ने पन्तले बताए । साथै,”रिक्सा चालक तथा साइकल यात्रीलाई सडकको बायाँ छेउबाट एक ताती भएर चलाउन, जेब्रा क्रसिङमा पार्किंग नगरिदिन सिकाएका छौं, पन्तले भने । साथै बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, सर्वसाधारणहरुलाई ट्राफिक नियम, लेन अनुसाशन, ओभरटेक गर्ने तरिका,बाटो काट्ने तरिका,सवारी दुर्घटना कारण तथा बच्ने उपाय लगायत सवारी दुर्घटना न्युनिकरणका उपायहरुको बिषयमा सचेतना गरिएको पन्तले जानकारी गराए ।

आज जिल्लाबाट इन्सपेक्टरको कमाण्डमा आएको टिमले धम्बोजिबाट सुरु गरेको यो अभियान दैनिक रूपमा नेपालगन्जमा विभिन्न पोष्टहरुले गर्ने वरिष्ठ सई प्रवीण आचार्यले जानकारी गराए । यसरी सवारीसाधनको पछाडि रिफ्लेक्टर स्टिकर टाँस्दा पछाडिबाट आउने अरू सवारिले सजिलै सँग देख्न सकिने आचार्यले बताए ।

नेत्र पाटी । १६ मंसिर २०८१, आईतवार १६:०६