नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । यही मंसिर २८ हुन लागेको महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो ।

पत्रकार महासंघले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गरिने छ । मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने र २८ मंसिरको बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने भएको छ ।

त्यसैगरी, प्रदेश समितिको मनोनयन भने मंसिर २४ गते , जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन पत्रकार महासंघले निर्वाचन समितिलाई जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया