
घान्द्रुकमा कहलिएका सात गाउँ छन। जहाँ ७० प्रतिशत गुरुङजातीका घरहरु छन्। कोट गाउँ, माझ गाउँ, ध्यागोयार गाउँ, अडडादाइयार गाउँ, तल्लो गाउँ, डाँडागाउँ र गैरी गाउँ। घान्द्रुक गाउँको उत्तरमा अन्नपूर्ण आधार शिविरसम्म र पश्चिममा घोडेपानी–पुनहिल पदयात्रा पनि घान्द्रुकबाटनै गर्न सकिन्छ।
गुजुमुज्ज परेका ढुंगेघर, ढुंगाकै स्लेट छापिएका आँगन र एउटाको तगारोबाट छिरेपछि गाउँका सबै घरमा पुग्न सकिने चिरिच्याँट्ट परेका बाटाले गुरुङहरुको पहिचान घान्द्रुकले दिएको छ। जैविक विविधताले भरिपूर्ण घान्द्रुकमा सुनाखरी, जङ्गली फूल, गुराँस विभिन्न प्रजातिका वन पैदावार, जडीबुटी, जीवजन्तु र थरिथरिका चराचुरुङ्गीसमेत हेर्न पाइन्छ। घान्द्रुक आफैंमा पर्यावरणीय रुपले अत्यन्त सुन्दर स्थल हो।
साझाको बेला हामी हाेटेल हिलटप पुगियो घुम्न हिडे पछि रमाईलो त गर्ने पर्याे हैन र? आगो बालियो, स्पिकर घनकाईयो, हल्का अर्गानिक स्वाद लिदै सुरु गरियो नाच्न।। खानामा लोकल कुखुराको मासु,सुकुटी , गुन्द्रुकको अचार, हरियो साग टमाटरको चट्नि आहा …हाेटेल हिलटप काे छुटै विशेषता छ । आनन्द छ । महत्व छ । पाहुना बनेपछि स्थानिय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षतकार गर्न पाइन्छ । त्यस्तै, यसमा आत्मियता पनि मिल्छ । एउटै परिवार जस्तै भएर बस्न सकिन्छ ।
विहान उठ्न अलाराम सेट गर्नुे पर्ने हामि, यहाँ सिरसिरे हवाको झोक्काले ब्युझायो। अनि नजिकैबाट हिमालले वेलकम भनेको आभास भयो।
सुर्योदयको पहिलो किरण हिमश्रृखलामा पर्दा निकै मनमोहक केहि क्षण हटेन हाम्रो आँखा। आहा!
प्रतिक्रिया दिनुहोस्