बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाको अध्यक्ष पदमा नवीन गिरी निर्वाचित भएका छन् । आज शनिबार सम्पन्न मतगणना परिणाम अनुसार गिरीले १ सय १८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको निकट प्रतिद्वन्दीले भने ७० मत प्राप्त गरेका थिए ।
शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा रेजिना मल्ल र तिलक गाउँले दुवैले १ सय २ मतले बराबरी भएको छ। त्यस्तै महिला सदस्यमा रजनीकुमारी योगी, दलित सदस्यमा आशा परियार, आदीवासी जनजाती सदस्यमा निर्मला चौधरी, मधेशी सदस्यमा यदुराज मिश्र, अन्य समाबेशी सदस्यमा सलामत अली शेष, निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
साथै, शाखाको खुला सदस्यहरुमा पहलबहादुर केसी, शम्भुप्रसाद थारु, कृष्णराज अधिकारी, रविन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सावित्री विश्वकर्मा, सजनकुमार आरसी र धना विष्ट केसी विजयी भएका छन् ।
निर्वाचनमा २ सय ४२ मतमध्ये २ सय १८ मत खसेको थियो ।

नेत्र पाटी । २९ मंसिर २०८१, शनिबार ०८:३७