क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी

बाँके। क्रियाशिल पत्रकार महिला `डब्लु डब्लु जे´ बाँकेले नयाँ कार्यसमिति पाएको छ । जसको अध्यक्षमा साबित्री गिरीलाई चयन गरिएको छ । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा आयोजित १२ औ साधारण सभा तथा छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा गिरीलाई चयन गरेको हो ।

 

यसैगरी उपाध्यक्षमा बिमला चौधरी ,सचिवमा अमृता जैशी (निशु),सहसचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित रहेका छन् । यसैगरी सदस्यहरुमा  सजल गैरे,सुनिता बर्मा ,मन्जु रिजाल,साहिदा बानो,सरला बराल र सविता चन्द ठकुरी लगायत ११ सदस्सिय कार्यसमित चयन भएको डब्लु डब्लु जे बाँकेले जनाएको छ ।

 

क्रियाशिल पत्रकार महिलाको अधिवेशनमा निर्वतमान कोषाध्यक्ष निशु जोशिले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । कार्यक्रमका प्रमुख अतिथि शाहले पत्रकार महिलाको क्षमता विकासका लागि पहल गर्ने बताईन् । उनले आफूले जिवनको लामो समय पत्रकारिता क्षेत्रमा बिताएको अनुभव सुनाउँदै आगामी दिनमा नयाँ पुस्ता संग हातेमालो गर्न पाउने कुरामा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिलालाई आर्थिक रुपमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित संघ ,प्रदेश र जिल्लाका पत्रकार महिला र केहि पदाधिकारीलाई सम्मान गरीएको थियो ।

 

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल ,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाई , प्रदेश सचिव सरला सुवेदी ,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी,उपाध्यक्ष करुणा शाह ,प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल , सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी र संचारिका समुह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज , लगायतले शुभकामना दिएका थिए । क्रियाशिल पत्रकार महिलाले आगामी दिनमा पत्रकार तथा श्रमजिवि महिलाका सवालमा निरन्तर सन्डे क्लब गर्ने,फेलोसिप कार्यक्रम तथा तालिम संचालन गर्ने र पत्रकार महिलाको हक हितका लागि विभिन्न कार्यक्रम गर्ने योजना अधिवेशनमा प्रस्तुत गरेको छ । यी योजनालाई अझै बृहत बनाएर कार्यान्वयन गर्ने नवनिर्वाचित अध्यक्ष गिरीले बताईन।

तपाईको प्रतिक्रिया