नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको कार्य विभाजनको लगायो टुंगो



बाँके। नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको कार्य विभाजनको टुंगो लगाएको छ । पार्टी स्थायी कमिटीको गत मंसिर २६ देखि पुस २ मा सम्पन्न भएको दोश्रो बैठकले उक्त कार्यविभाजन टुंगो लगाएको हो ।

करिब १ सातासम्म चलेको बैठकको नयाँ कार्य विभाजन अनुसार ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । जसमा दैलेखमा सावित्री मल्ल,सुर्खेतमा केदार बहादुर कँडेल,कैलालीमा दीर्घ सोडारी,डोटीमा पूर्ण जोशी लगायत इन्चार्ज बनेका छन् ।

सम्मानित माननीय माधव कुमार नेपाल केन्द्रीय कमिटीको अध्यक्षमा रहेका छन्। बैठकले प्रदेश स्तरमा प्रदेश इन्चार्जको संयोजनमा प्रदेश अन्तरगत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरुको किसान,मजदुर,महिला,युवा,विद्यार्थी,पेशागत बुद्धिजीवी र उद्योग व्यवसायी फाँटको काम व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई दिइने बताइएको छ ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार