कोहलपुर मेलामा दर्शकको भीड, भोलि शनिबार लोकप्रिय गायिका मिलन नेवार आउने



कोहलपुर। नेपाल आदिवासी जनजाती महासंघ,नगर समन्वय परिषद कोहलपुर बाँकेद्वारा आयोजित प्रथम कृषि पर्यटन प्रवर्द्धन व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव (एस्पो २०८१)मा आगन्तुक तथा दर्शकहरुले भरपूर मज्जा लिएका छन् ।

आज शुक्रबार दर्शकले चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसंगसंगै आफुपनि नाच्दै गाउँदै रमाइलो गरेका थिए । साथै,कोही दर्शक भने मेलामा राखिएको बालउद्यान,झुला पिङ लगायत विभिन्न किसिमका खेल तथा मनोरञ्जनात्मक साधनहरूमा रमाइरहेका थिए । महोत्सवमा चर्चित गायिका पूर्णकला बिसीको लोकदोहोरी सँगै झुम्ने दर्शक कमी थिएन ।

“मेलामा सोचेको भन्दा बढी दर्शकको भीडभाड देखिएको छ।” नेपाल आदिवासी जनजाती महासंघ,कोहलपुर कमिटीका अध्यक्ष कृष्ण बहादुर पुनमगरले बताए । उनले “देशका ख्याति प्राप्त कलाकारसँग दर्शक रमाइरहेका छन्” बताए ।

भोलि शनिबार दर्शकले लोकप्रिय गायिका मिलन नेवार,चर्चित गायक कृष्ण राउले, गायिका रितु शाह,देउडा भाका चर्चित गायिका विपना सिंहसंगै स्थानीय मोडल तथा डान्सर आरुषी मगर,सानु चौधरी,निरुता कार्कीको बेजोड प्रस्तुति हेर्न सकिने मगरले जानकारी दिए । साथै मेलामा गायक तथा उद्घोषक आर जे राष्कोटी को प्रस्तुतिसँगै फ्युजन ब्याण्डकाे प्रस्तुति रहनेछ। यो सँगै मेलामा स्थानीय कलाकारको लाइभ दोहोरी पनि रहने आयोजक टिमले जानकारी गराए ।

मेलाका उद्घोष कोष खड्का र ममता थापाले गर्नेछन् ।

प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार