कोहलपुर।दुल्लु नगरपालिकामा नगर स्तरीय खेलकुद विकास समिति गठन भएको छ । दुल्लु नगर अन्तर्गत समग्र खेलकुद क्षेत्रमा थप टेवा पुग्न उक्त समिति गठन गरिएको हो ।
दुल्लुमा विगत लामो समययता खेलकुद क्षेत्रमा कुनै गतिविधि भएको छैन । अब यस समितिद्वारा खेलकुद क्षेत्रमा कुनै न कुनै थप आशा बोकेको नगरपालिकाले जनाएको छ ।नयाँ कार्यसमिति गठन भएसँगै दुल्लुमा समग्र खेलकुद क्षेत्रमा एक नयाँ थप टेवा पुग्ने नगरपालिकाको ठम्माई छ ।
उक्त गठनमा समाजसेवी उपेन्द्र कुमार शाह को अध्यक्षतामा दिपेन्द्र कुमार पुरी,ललित पोखरेल ,योगेन्द्र विक्रम शाह,गणेश कुमार थापा,लोकेन्द्र शाही ,सुर्य वि.क.,कमला रावत सदस्यमा गठित भएका छन् ।

नेत्र पाटी । २३ पुष २०८१, मंगलवार १७:४४