नेपाली कांग्रेसले पार्टीभित्र मूल्यांकन पद्धति कायम गर्नुपर्ने : एनपी साउद

बाँके। नेपाली कांग्रेस नेता एनपी साउदले नेपाली कांग्रेसले पार्टीभित्र मूल्यांकन पद्धति कायम गर्नुपर्ने बताएका छन् । उनले पार्टीमा जनतालाई आफूसँग जोड्नका लागि प्रशासनिक प्रक्रियाबाट मात्र नभएर जनताको ईच्छा आकांक्षालाई राजनीतिक प्रक्रियाबाट मात्रै प्रतिनिधित्व गरी अगाडि बढ्नु पर्ने बताएका छन् ।

 

आज शुक्रबार नेपाल प्रेस युनियन बाँकेद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा साउदले कांग्रेसले विभिन्न ठाउँमा गई अन्तरक्रियाका साथै अनुभव आदानप्रदान गर्ने उद्धेश्यले सय दिने कार्यक्रम आयोजना गरेको बताए । उनले ‘ नेपाली कांग्रेस चुनाव पछि तिनै तहमा पहिलो पार्टीको रूपमा स्थापित भएतापनि राजनीतिक परिस्थिति तथा विभिन्न कारणले देशको नेतृत्व गर्न नसकेको बताए । ‘गठबंधन संस्कृतिमा अघि बढ्दा एउटै दलको बहुमत नहुँदा कहिले म्याजिक नम्बरको कारण तेस्रो दल,कहिले दोश्रो दल नेतृत्वमा आउने तर पहिलो र प्रमुख पार्टी कांग्रेसले पर्खिराख्नु पर्ने परिस्थीती विद्यमान छ।’ सबै नेपाली राजनीति दलहरूबीच राष्ट्रिय सहमति गरी संविधानका कमी कमजोरीहरू हटाउने बारेमा र संविधानका भएका प्रबन्धहरुलाई जनमुखी र प्रजातान्त्रिक बनाउने र जनताको राज्यसम्मको पहुँचलाई ज्यादा सुदृढ गर्ने गरेर हामिले अगाडी बढेमा देशमा सुशासनको वातावरण बन्न गई विकासको प्रक्रिया शुरू हुने केन्द्रिय सद्स्य साउदको भनाई छ।´ उनले पार्टीको १५ औं महाधिवेशन निर्धारित समयभित्र हुने विश्वास व्यक्त गरे ।

 

पत्रकार भेटघाटमा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु डा. डिला संग्रौला, अब्दुल सत्तार र चम्पा खड्काले पनि सहभागी जनाएका थिए। प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीको सभापतित्वमा आयोजित पत्रकार भेटघाटमा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवम् प्रदेश सांसद बादशाह कुर्मी, जिल्ला उपसभापति कृष्ण कार्की, सचिव सुधान्सु कोईराला, सहसचिव रेणुसिंह ठाकुर लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन नेपाल प्रेस युनियन बाँकेका सचिव भिष्म लोधले गरेका थिए ।

तपाईको प्रतिक्रिया