
बाँके। पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर बाँकेको नेपालगन्जमा बृहत मोटरसाइकल र्याली निकालिएको छ । आज शनिबार निकालिएको र्याली त्रिभुवन चोकमा पुगी कोणसभा गरिएको थियो ।
अवसरमा बागेश्वरी पार्कमा भेलाभई निकालिएको र्याली पुस्पलाल चोक,कारकादो चोक ,पुन पुस्पलाल चोक , धम्बोजी चोक , बिपि चोक हुदै त्रिभुवन चोक पुगेर कोणसभा तथा जन्मजयन्ती सभामा परिणत भएको थियोे ।
नेपाल शिवसेनाद्वारा आयोजित वृहत् मोटरसाइकल र्यालीमा सामाजिक तथा धार्मिक संघसंस्थाका व्यक्तित्व तथा देशभक्ति युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उता कोणसभामा बोल्ने अधिकांश वक्ताहरूले अब युवा पुस्ता र नेपालीहरु जाग्ने बेला आएको छ । यस्तै अवस्था रहे बंगलादेश,सिरिया जस्तै नेपाल पनि नहोला भन्न सकिदैन तेसैले अब सम्पुर्ण देशभक्ति युवाहरु एक जुट भएर पुरानै राजसंस्था ल्याउन तत्पर रहन अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस्