काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवकुमार अधिकारीको इजलासमा सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलको जवाफी बहसपछि सुनुवाई सकिएको हो ।
सरकारी वकिलको जवाफी बहस सकिएलगत्तै रवि छोटो मन्तव्य राखेका थिए । त्यसपछि न्यायाधीश माधवकुमार अधिकारीले सबैलाई इजलाशबाट बाहिर पठाएर फैसला लेखन थालेका छन । रविका तर्फबाट बुधबार वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बुधबार बहस गरेका थिए भने अर्का अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाएका थिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । आइतबारटै बयान सुरु भएपनि समय अभाव भएपछि रविलाई हिरासतका लागि प्रहरीको जिम्मा लगाइएको थियो ।
साभार दूरसञ्चार

नेत्र पाटी । २ माघ २०८१, बुधबार ११:०४