शनिबार नेपालगन्ज महोत्सवमा १८ हजार भन्दा बढी दर्शकको उपस्थिति

भोलि आइतबार १३ गते नेपालगन्ज महोत्सवमा नायक पल शाह,चर्चित गायिका शान्तिश्री परियारको साथमा थारु तथा आधुनिक गायिका अन्नु चौधरीको कडक प्रस्तुति रहने


बाँके। नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आयोजित प्रादेशिक महोत्सव यतिबेला दर्शकको भीड देखिन थालेको छ । आज शनिबार महोत्सवमा करिब १८ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजक टिमले जनाएको छ । महोत्सवमा दर्शकको भीड बढेसँगै महोत्सवमा राखिएका स्टलहरुमा समेत व्यापार बढेको छ ।

शनिबार महोत्सवमा चर्चित गायिका ज्योति मगरको बेजोड प्रस्तुति रहेको थियो । महोत्सवमा चर्चित गायिका ज्योतिले ‘बैस हरलक्कै सोल्टी सर्लक्कै ‘ बोलको गीत गाएपछि दर्शकहरु उनको प्रस्तुति सँग झुमेका थिए । त्यस्तै महोत्सवमा उपस्थित दर्शक ज्योतिको चर्चित गीत जाले रुमाल भन्ने गीतमा लय सँगै रमाउन थालेका थिए । त्यसोत ज्योतिको दर्शकसँग जिस्किने बानीले झनै दर्शकलाई भरपूर मज्जा गराएको थियो। साथै ज्योतिले उनको चर्चित गीत कान्छी मुसुक्कै भन्ने गीतमा उनीसँगै दर्शक गाउँदै रमाइलो गरेका थिए । त्यस्तै मेलामा हास्य कलाकार दमन रूपाखेतीको कमेडी स्टाइलमा दर्शकहरुले इञ्ज्वे लिएका छन् ।

भोलि आइतबार १३ गते नेपालगन्ज महोत्सवमा नायक पल शाह,चर्चित गायिका शान्तिश्री परियारको साथमा थारु तथा आधुनिक गायिका अन्नु चौधरीको कडक प्रस्तुति रहने आयोजक टिमले जनाएको छ । दिनप्रतिदिन चर्चित कलाकारको प्रस्तुति रहने यस महोत्सवमा आगामी दिनमा पनि दर्शकको यस्तै माया पाइने आयोजक टिमले विश्वास व्यक्त गरेको छ ।

महोत्सवमा आगन्तुक दर्शकहरु मेलामा राखिएको स्टल घण्टौं समय लगाएर अवलोकन गर्दै गरेको फोटोहरु सामाजिक सञ्जाल मार्फत देख्न सकिन्छ ।

महोत्सव माघ १० देखि शुरू भएको माघ २२ गते सम्म सञ्चालनमा रहनेछ ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार