नेपालगन्ज महोत्सव तताउन भोलि सोमबार दुर्गेश आउँदै

सोमबार दुर्गेश सँगै लोकदोहोरी गायिका ईब्सल सञ्ज्याल,गायक अर्जुन सापकाेटा र हास्यकव्यङ्ग्य कलाकार दिपक राज गिरी र दीपाश्री निरौला साथै बाल गायक सुप्रीम मल्लको बेजोड प्रस्तुति रहने


बाँके। युवा दर्शकको च्वाइस हुन मोडल तथा आधुनिक गायक दुर्गेश थापा । जब दुर्गेश स्टेज चढ्छन् तब तातिन्छ दर्शकको हल्ला । पछिल्लो समय यता महोत्सवमा व्यस्त रहेका आधुनिक गायक दुर्गेश भोलि १४ गते सोमबार नेपालगन्जमा लागिरहेको प्रादेशिक महोत्सवमा आउने भएका छन् । सोमबार दुर्गेश सँगै लोकदोहोरी गायिका ईब्सल सञ्ज्याल,गायक अर्जुन सापकाेटा र हास्यकव्यङ्ग्य कलाकार दिपक राज गिरी र दीपाश्री निरौला साथै बाल गायक सुप्रीम मल्लको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आज महोत्सवको चौथो दिन आईतबार महोत्सवमा नायक पल शाह,चर्चित गायिका शान्तिश्री परियारको साथमा थारु तथा आधुनिक गायिका अन्नु चौधरी लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

“उद्योग,व्यापार र कृषि जडिबुटी,रोजगार र पर्यटन व्यावसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्द्धन” भन्ने मूल नाराका साथ नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको यो मेला माघ २२ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार