
बाँके। बाँकेको नेपालगञ्जमा “प्रादेशिक महाेत्सव – २०८१” सञ्चालन भइरहेको छ ।
“उद्योग,व्यापार र कृषि जडिबुटी,रोजगार र पर्यटन व्यावसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्द्धन” भन्ने मूल नाराका साथ नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त मेला सञ्चालन भइरहेको छ । मेला नेपालगन्जको सडक डिभिजन परिसरमा भइरहेको छ ।
बुधबार(भोलि) उक्त महोत्सवमा सुदुर भाकामा अत्यन्तै हिट गीत दिन सफल भएका लोक पप दोहोरी गायक चक्र बम,गायिका भूमिका गिरी आफ्नो प्रस्तुति दिन आउने भएका छन् । यस्तै चक्रले उनका चर्चित गीत पश्चिमेली चेलो,राजा साब,नजर लगालु, ओह मेरी भाउजु जस्ता लगायत अन्य चर्चित गीतको प्रस्तुति दिनेछन् । साथै उनीहरू लगायत स्थानीय डान्सर आरुषी मगरले प्रस्तुति दिनेछिन्।
महोत्सवमा आज मंगलबार चर्चित गायिका एलिना चौहानको प्रस्तुतिमा दर्शकको माहोल तातिएको थियो । एलिनाले स्टेज उत्रिदै गर्दा दर्शकले उनलाई लभ यू भन्दा लभ यू टू भनेपछि दर्शकको हल्लाले नेटो काटेको थियो । उनको चर्चित गीत भाग्यमा खोट छ,धोकेबाज लगायतका गीतमा उनीसँगै गाउँदै नाच्ने दर्शक कमी थिएन ।
मेलाको रौनक दिनप्रतिदिन गज्जब बन्दै गएको देखिन्छ। प्रादेशिक महोत्सव – २०८१ माघ २२ गते सम्म सञ्चालनमा रहनेछ ।
साथै, चर्चित लोक दोहोरी गायिका तथा उद्घोषिका शोभा त्रिपाठीको उदघोष रहनेछ ।
प्रतिक्रिया दिनुहोस्