बिहीबार(आज) नेपालगन्ज महोत्सवमा चर्चित लोक दोहोरी गायक बद्री पंगेनी आउँदै



बाँके। हाल नेपालगन्जमा सञ्चालन भइरहेको “प्रादेशिक महोत्सव – २०८१” मा बिहीबार(आज) चर्चित लोक दोहोरी गायक बद्री पंगेनी लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ।

आमदर्शक(बच्चा,युवा देखि वृद्ध)को च्वाइस रहेका चर्चित लोकदोहोरी गायक बद्री पंगेनी,गायिका अनिता चलाउने,सपना शाही,हास्यव्यंग्य कलाकारका समूह खन्टे खलास समूह साथमा डान्सर निशु श्रीपाली लगायत स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सव आयोजकले जानकारी गराएको छ।

महोत्सवमा दिनप्रतिदिन दर्शकको चाप बढ्दै आएको छ । महोत्सवमा राखिएको कृषि सामान,जडिबुटी,विभिन्न आईटी सम्बन्धी,जुत्ता तथा विभिन्न फेन्सी,अर्गानिक अचार,दालमोट जस्ता स्टलहरुले दर्शकलाई थप प्रभावित गराएको छ । मेलामा प्रवेश गर्ने अधिकांश दर्शकहरु प्रत्येक स्टलको राम्ररी अवलोकन गरेर मात्र स्टेज तर्फ लागेको पाइन्छ । साथै आवाश्यक दर्शकले आफूले चाहेअनुरूप खरीद गरी घर फर्कने गर्दछन् ।

“उद्योग,व्यापार र कृषि जडिबुटी,रोजगार र पर्यटन व्यावसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्द्धन” भन्ने मूल नाराका साथ नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त मेला माघ २२ गतेसम्म सञ्चालनमा रहनेछ ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीवार