
बाँके । पछिल्लो समय स्वार्थविहिन समाजसेवा गर्ने बिरलै पाईन्छ । समाजसेवाको निहँुमा कसैको राजनितीक स्वार्थ,कसैको व्यापारिक स्वार्थ,कसैको व्यक्तिगत स्वार्थ त कसैकौ अन्य स्वार्थ लुकेको हुन्छ । तर कोही समाजमा निःस्वार्थ समाजसेवामा लागेका भेटिन्छन् । त्यसैमध्येका एक हुन् सौरभ शाह । उनी यही निःस्वार्थ समाजसेवीका रुपमा चिनिदै आएका छन् । सौरभमा समाजसेवीका निहँुमा कुनै स्वार्थ भने लुकेको छैन । उनि नेपालगन्जका एक व्यवसायी पनि हुन् । पछिल्लो समय सौरभ व्यवसायी समयलाई छुट्याउदै समाजसेवामा तल्लीन रहेको पाईन्छ ।
सौरभ सामाजिक सन्जाल टिकटकमा उनको समाजमा गरेका सत्कर्मका भिडीयोहरु अपलोड गरिरहन्छन् । तर उनको अपेक्षा भाईरल हुन भने होईन । सौरभ पैसामात्र सबैथोक नभएको र आफुलाई सामाजिक सेवामा नै आनन्द मिलेको बताउँछन् । आफुले सक्ने सेवा गर्ने सबै सामाजिक कृयाकलापलाई पैसासगं कहिल्यै जोड्न नचाहने उनको बुझाई छ । समाजसेवामा लागेयता गरेको सेवा होस् या अन्य खर्च उनले आफै आफ्नो खल्तिबाट गर्दैआएका छन् । अर्थात आजसम्म उनले बहिरबाट कुनैपनि आर्थिक सहयोग लिएका छैनन् । साथै हालसम्म भएका खर्चको कुनै लेखाजोखा नगरेको सौरभ बताँउछन् ।
“पछिल्लो यूवापुस्ता बैदेशिक रोजगारतीर पलायन भएको पाईन्छ । तर म यही केही गर्नुपर्छ भन्ने हुटहुटी राखेका यूवाहरुको सर्पोटमा समाजसेवामा उत्रिन्छु ।”सौरभले भने । उनले आफुजस्तै समाजमा केही गर्छु भन्ने साथिहरु मिलेर समाजमा भएका व्यतिथी,विसङ्गती र गलत कृयाकलापहरुको सशक्त आवाज उठाँउदै आइरहेको बताए ।
वर्तमान समयमा सामाजिक समस्याहरुलाई समाधान गर्न आफै अग्रसर भएर सामाजिक, भावनात्मक तथा मनोवैज्ञानिक तवरले लागीपरेका छन् । सौरभले गरेका सामाजिक सेवा भने अतुलनिय छन् । उनले गरेका सामाजिक कार्यमध्य गरिब तथा असहायलाई ब्ल्याङकेट वितरण, विभिन्न खाद्य सामाग्री वितरण, हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्वपुर्ण मानिने बागेश्वरी मन्दिरमा रङ्गरोगन, स्थानियतहले नेग्लेसिस गरेको बाटोघाटो सरसफाई, सेनेटरी प्याड बितरण जस्ता केही उदाहरणहरु छन् ।
उनी एक सफल व्यवसायीसंगै समाजसेवीका रुपमा समाजमा परिचित छन् । सौरभले समाजमा एउटा सकारात्मक सेवाभावको छाप छोडेका छन् । धेरै युवाहरु उनीबाट पे्ररित छन् ।
प्रतिक्रिया दिनुहोस्