‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज



बाँके । नेपाल रिपब्लिक मिडियाले नेपालगन्जमा आयोजना गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ विषयक कार्यक्रमका वक्ताहरूले युवाका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको बताएका छन्।

वक्ताहरूले युवाका लागि सम्भावनाको ढोका उघार्न स्वदेशमै उपयुक्त शिक्षा हासिल गर्ने र रोजगारी प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। त्यसका लागि राज्यको नीति, शिक्षा प्रणालीको परिवर्तन गर्नुपर्ने सुझाव उनीहरूले दिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा अब विद्यार्थीलाई पढाइसँगसँगै रोजगारीका अवसर पनि सिर्जना गरिनुपर्ने आवश्यकता औल्याउनु भयो ।

अधिकांश विद्यार्थी रोजगारीको अवसर खोज्दै देशबाहिर जानुपरिरहेको यथार्थ औंल्याउँदै नेपालमै अब पढाइसँगै रोजगारीको अवसर प्रदान गर्नुपर्ने धारणा राख्नुभयो। यसका लागि नेपालको शिक्षा नीति, शिक्षा प्रणाली र पाठ्यक्रमलाई परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ।

नेपाल रिपब्लिक मिडियाले नेपालगन्जमा आयोजना गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ विषयक कार्यक्रमका वक्ताहरूले युवाका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको बताएका छन्।

वक्ताहरूले युवाका लागि सम्भावनाको ढोका उघार्न स्वदेशमै उपयुक्त शिक्षा हासिल गर्ने र रोजगारी प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। त्यसका लागि राज्यको नीति, शिक्षा प्रणालीको परिवर्तन गर्नुपर्ने सुझाव उनीहरूले दिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा अब विद्यार्थीलाई पढाइसँगसँगै रोजगारीका अवसर पनि सिर्जना गरिनुपर्ने आवश्यकता औल्याउनु भयो ।

अधिकांश विद्यार्थी रोजगारीको अवसर खोज्दै देशबाहिर जानुपरिरहेको यथार्थ औंल्याउँदै नेपालमै अब पढाइसँगै रोजगारीको अवसर प्रदान गर्नुपर्ने धारणा राख्नुभयो। यसका लागि नेपालको शिक्षा नीति, शिक्षा प्रणाली र पाठ्यक्रमलाई परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ।

‘नेपालको शिक्षा नीतिमा नै त्रुटि रहेजस्तो लाग्छ मलाई। विदेशमा जस्तो पढ्ने पनि काम गर्ने पनि प्रणाली नेपालमा पनि लागु गर्नुपर्छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले भन्नुभयो, ‘एजुकेसनलाई पढाइ र गराइमा समन्वय गरिएन भने अप्ठ्यारो अवस्था आउँछ । शिक्षाको नीति र पाठ्यक्रम परिवर्तन गर्नुपर्ने हुन्छ।’

शिक्षाको नीति र पाठ्यक्रमलाई परिवर्तन गरेर पढाइसँगै रोजगारीलाई अगाडि बढाउन सके धेरै नेपाली विद्यार्थी विदेश जानबाट रोकिने उहाँको विश्वास छ। अबको १० वर्षसम्म देशमा धेरै कुराको विकास हुने सम्भावना देखिएको बताउनुभयो।

‘अबको १० वर्षमा हामीले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौं। हामी सक्छौं भन्ने अठोटका साथ काम गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।

नेपालमा पर्यटन, कृषि, प्रविधिलगायत धेरै कुराले फड्को मार्ने अवस्था रहेकाले युवा जनशक्तिलाई अवसरै अवसर रहेको उहाँको भनाइ थियो।

‘हाम्रै छिमेकी देशमा महाकुम्भ चलिरहेको छ। धार्मिक पर्यटनबाट फाइदा हुन्छ भनेर हामीले बताउन सकेका छैनौं,’ उहाँले भन्नुभयो ।

नेपालमा पनि धार्मिकसँगै पर्यटनका अन्य क्षेत्रलाई स्थापित गर्न सक्नुपर्नेमा उनले जोड दिए। प्रविधिको प्रयोगबाट नेपालीहरूले राम्रो आम्दानी गरिरहेको औल्याउँदै नेता कोइरालाले भन्नुभयो, ‘के हामीले नेपालगन्जमा बसेर त्यो काम गर्न सक्दैनौं र ?’

राजनीतिकर्मीका कमीकमजोरीका कारण युवा पिँढीले उनीहरूलाई विश्वास गर्न नसकेको उनले बताउनु भयो । ‘हामी राजनीतिकर्मीका कमीकमजोरी पनि छन्। हामीले आशा जगाउन सकेका छैनौं। हामी जनता, युवा, विद्यार्थी, नागरिकप्रति जवाफदेही, उत्तरदायी, पारदर्शी छैनौं। त्यसैले सुशासन छैन भनेर तपाईंहरूले भनिरहनुभएको छ, म स्विकार्छु। अब हामीले बनाउनुपर्‍यो, गर्नुपर्‍यो।’

चारैतिर लथालिंग स्थितिमा रहेको अवस्थामा देशलाई बनाउने जिम्मा युवाहरूको हातमा रहेको डा. कोइरालाले जोड दिनुभयो।

‘तपाईंहरूजस्ता युवाको बलमा देश बनाउने हो। तपाईंहरू नै देश छाडेर जानुभयो भने देश कसले बनाउने ? यी सबै कुरालाई हामीले नीतिमा परिवर्तन गर्नुपर्छ। राजनीतिज्ञमा परिवर्तन आउनुपर्छ। हामीमा परिवर्तन आउनुपर्छ। तपाईंहरूमा परिवर्तन आउनुपर्छ,’ उहाँले भन्नुभयो ।

‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने सोच सबैमा जाग्नुपर्ने उनले जोड दिए। नेपालको शिक्षा नीति र पाठ्यक्रम परिवर्तन गरेर लाग्न सकियो भने देश बनाउन सकिनेमा आफूलाई विश्वास लागेको बताउनुभयो।

देशमा सुशासन कमजोर भएपछि त्यसले समग्र रूपमा देशलाई नै गलत बाटोमा लैजाने उनको चिन्ता छ।

‘सुशासनलाई ठिक ठाउँमा ल्याउने प्रयास गर्दैछौं। तपाईंहरूको कोसिसले सुशासन एक दिन आउँछ। तपाईंहरू नै यो देशको भविष्य हुनुहुन्छ भन्ने हामीले बुझेका छौं। तपाईंहरूलाई विश्वास दिलाउन हामीले सुशासन दिन्छौं भन्ने हो,’ डा. कोइरालाले भन्नुभयो, ‘तपाईंहरूले जति कुरा गरिरहनुभएको छ। त्यो सुशासनभित्र धेरै कुरा आइरहेको हुन्छ। तपाईंहरूलाई विनम्रतापूर्वक आग्रह छ– तपाईहरू उद्यमशील बन्नतिर लाग्नुपर्‍यो, सरकारले त्यसका लागि रकम दिनुपर्‍यो। युवा स्वरोजगार भनेको छ तर पैसा दिएको छैन, यसरी देश अगाडि बढ्दैन।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मंगलवार