‘मोबाइल टी’बाट मनग्य आम्दानी

चिया व्यवसायबाट मात्रै मसिक आम्दानी ५० हजारभन्दा बढी


बाँके । भनिन्छ, सतकर्मले दिने फलको प्रतिफलमा आनन्दीयता मिश्रित हुन्छ । जसले मानिसलाई कयौं गुना खुसी दिन्छ । निरन्तरता र इमान्दारीतापूर्वक काम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भने एउटा उदाहरण हो, ‘चिया पसल’ । चियाका पारखी गाउँ देखि शहरसम्म हुन्छन् । जसले गर्दा चिया पसलका लागि ठूलो सहर वा बजार चाहिँदैन ।

थोरै लगानीमा खोल्न सकिने चिया पसलमा अन्य व्यवसाय जस्तो दुःख पनि छैन । त्यसैले अहिले गाउँदेखि सहरसम्म र साथीभाइदेखि आफन्त भेटघाट गर्दा चियाको माग हुन्छ र सहजै उपलब्ध हुन्छ । लगानी अनुसारको आम्दानी हुने भए पछि कतिपय चिसा पसल ‘मोबाइल टी’ का रुपमा चिनिने गरेका छन् । पसल वा असिफबाट एकपटक फोन लगाउँदा त्यस्ता तत्काल चिया उपलब्ध हुन्छ ।

दाङ्गको लमही नगरपालिका–१ स्थाई ठेगाना भई हाल नेपालगन्ज बस्दै आएका दुई दाजुभाई थानेश्वर आचार्य र विष्णुप्रसाद आचार्यसगैं नेपालगन्जको घरबारीटोलमा बिगत ६ बर्षदेखी चिया पसल सञ्चालन गर्दै आएका छन् । थानेश्वर जेठो दाई हुन् भने बिष्णु कान्छा । उहाँको माइलो भाई भने बैदेशिक राजगारीमा हुनुहुन्छ ।उहाँहरुले पसल सञ्चालनमा ल्याएदेखी घरबारीटोलका व्यापारीहरुलाई चिया तथा खाजाका लागि कतै टाढा जानुपरेको छैन । उहाँहरु एक कल फोनको भरमा प्रत्येक पसलमा चिया तथा खाजा लिएर पुग्नुहुन्छ । चियापसलबाट दाजुभाईको मनग्य आम्दानी हुन्छ । परिवारका ८÷९ जनाको जिम्मेवारी बोक्दै आउनुभएको थानेश्वर पसलबाटै आफ्नो सबैको जिबिकोपार्जन गर्दै आउनुभएको छ । थानेश्वरले दैनिक २५ देखी ३० लिटर दूधबाट १ सय ५० देखी दुईसय कप सम्म चिया बिक्री गरिरहनु भएको छ । चिया पसलबाटै दैनिक करिव २ हजार देखी २५ सय सम्म बचत हुन्छ । यस्तै थानेश्वरका अनुसार मासिक आम्दानी यतिनै हुन्छ भन्ने यकिन त छैन,तर खर्च कटाएर करिव ५५ हजार देखी ६० हजार सम्म आम्दानी हुने उहाँको अनुमान छ । “आजसम्म कान्छो र म यहाँ मेहनत गरिरहेका छौं, उताँ माईलो भाई बिदेशमा छ। उसले बचत गरेको र हामीले गरेको बचतलाई एकमुष्ट गरि आफ्नै ठाउँमा थप सम्पत्ती जोडेका छौं” थानेश्वरले बताउनुभयो । थानेश्वरको माईलो भाई बैदेशिक रोजगारीमा भएतापनि आफुले मेहनत गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उहाँको बुझाई छ ।

त्यस्तै,अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ घर भएका २३ बर्षिय बखत रोकाय पनि हाल नेपालगन्जको घरबारीटोलमै बिगत ५ बर्षदेखी नै चिया व्यापार गर्दै आउनुभएको छ । बखतको परिवारमा जम्मा चार जना परिवारहुनुहुन्छ । बखतको यही चिया पसलबाट नै परिवारको खर्च टरेकोे उहाँ बताउनुहुन्छ । बखतका बुबा आमा गाउँमै बस्नुहुन्छ । बुबाआमाको खर्चपानी बखत यही चिया पसलबाट गरेको आम्दानीबाटै पठाउनुहुन्छ । चार जनाको परिवार सम्हाल्दै आउनुभएको बखतभन्नुहुन्छ, व्यापारको टुङ्गो छैन तर दैनिक ३ देखी ४ हजारसम्मको चिया बिक्री हुन्छ । बखतको चिया पसलमा चिसो मौसममा २० देखी २५ लिटर दूध र गर्मी मौसममा १७÷१८ लिटर दूधको खपत हुन्छ । उहाँले चियाको मुल्य २० रुपैया राख्नु भएको छ । उहाँले सबै खर्च कटाएर मासिक करिव ४० देखी ५० हजार सम्म आम्दानी हुने बताउनु हुन्छ । बखतलाई तपाई जस्तो यूवा बिदेशतिर गईरहेको अवस्थामा तपाई चाहीँ किन चिया पसलमा ? भन्ने प्रश्नमा, उहाँ भन्नुहुन्छ“सबैभन्दा ठुलो कुरो त जुनसुकै पनि काम गर्न लाज मान्नु हुदैन, जुन मैले मानिन । यहीँ आफ्नो परिवारसगँ बसेर केही गर्छु भनेपछि यो व्यवसायमा लागेको हँुँ ।जसबाट अहिले बिदेशमा कमाउने पैसा यही बसेर कमाईरहेको छु ।”

त्यहीँ स्थानिय एक व्यापारी भानु गौतम आजभोली ठाउँठाउँमा यस्ता चिया पसलको सञ्चालनको कारण पसलमै बसीबसी चियाको चुस्की लगाउन पाएको बताउनु हुन्छ । “पहिले पहिले पसलमा कुनै ग्राहक अथवा पहुना आउदाँ चिया पसलमा धाउन पथ्र्यो तर अहिले भने एक फोनमै टुप्लक्कै चिया पसलमा ल्याइपु¥याउँछन् ।”व्यावसायी गौतमले भन्नुभयो ।

सामान्यतया चिया दुई किसिमको खाने गरेको पाईन्छ । कालो र सेतो र चिनी राखेको र चिनी नराखेको । हुन त अहिले बजारमा चियाका प्रकार पनि विभिन्न किसिमको पाईन्छ । नेपालगन्जमा पनि तीनै दुई किसिमको चिया बढि बिक्छ । चिया पसले पनि जस्ले जस्तो अर्डर ग¥यो त्यस्तै चिया बोकेर पसल पसल पुग्छन् । दिनमा दुई देखि तीन चोटीसम्म चिया खाने बानी परेको जुत्ता चप्पल व्यावसायी सुमन पौडेल बताउनु हुन्छ । पसलमै चिया दिने यस्ता चिया पसलेले गर्दा हामी जस्ता पटक पटक चिया खाईरहनेलाई निकै सजिलो भएको उहाँ बताउनु हुन्छ । यसरी पसलमै बसेर चिया खाजा खान पाउनुमा उहाँ आफुलाई भाग्यमानी ठान्नुहुन्छ । व्यापारीले दिने यस्ता गौरावान्वित प्रतिक्रियाले आफूमा थप पे्ररणा र हौसला मिल्ने चिया व्यापारीहरु बताउँछन् ।

पछिल्लो समय चियाको चुस्की लिंदैगप्फिनेहरु चोक चोकमा भेटिन्छन् । चिया पिउनका लागि कुनै उमेरको हदबन्दि भने छैन । सबै उमेर समूहका व्यक्तिलाई चियाले एक ठाउँमा बाँधेर राखेको पाईन्छ । चिया पिउनलाई धेरै ठूलो समूह चाहिँदैन । कुनै एक चिया पसलमा दुई देखि तीन जनामात्रै पनि चिया पिउँदै गफमा झुमेको पाईन्छ । कुनै होटेल होस वा क्याफे, गर्मि मौसम होस् वा चिसो चिया लभरहरुलाई त चिया नै चाहिन्छ भने जुनसुकै पनि सिजनमा चिया बिक्रि हुने हुँदा यस्ता चिया व्यापारीको संख्या पनि बिस्तारै बढ्दो मात्रामा पाईन्छ ।

माथिका यी चियापसल त केही उदाहरण मात्र हुन् । यस्ता व्यवसायीहरु नेपालमा हजारौं मात्रामा भेटिन्छन् । थोरै लगानीमा सञ्चालन गरिने यस प्रकारको चिया व्यवसायमामोवाईलबाट लिईने अर्डरले आफुलाई झनै सजिलो भएको चिया व्यवसायीहरुको बुझाई छ । चिया व्यवसायीहरु पसलमा मोबाईलबाट अर्डर आउँछ सोही अनुरुप ग्राहकमाझ चिया व्यवस्थापन गर्दै आएको बताउँछन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार