
कोहलपुर। कोहलपुर नगरपालिकाको संरक्षकमा लागेको प्रथम कृषि पर्यटन प्रवर्द्धन व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव (एस्पो २०८१) मा आयोजक समितिको कमाई धन्धा भएको पाइएको छ ।
खासगरी मेला आदिवासी जनजातीको भेषभुषा कला संस्कृति जोगाइराख्न सञ्चालनमा ल्याइएको उक्त मेला कला संस्कृति जोगाउन भन्दापनि पैसा कमाउन बढी केन्द्रित भएको पाइएको हो ।
महोत्सव सुरुहुनु अघि गरिएको प्रचारप्रसार देखि सञ्चालनमा आएको आठौ दिनसम्म जनता झुक्याउने काम गरेको स्थानियहरुको भनाइ छ। आयोजक समितिले जनजातीको भेषभुषा कला संस्कृति जगेर्ना गर्नको लागि लगाइएको मेला कमाउ धन्दामा केन्द्रित रहेको पाइएको छ।
स्थानीय निकायको नियम विपरीत पार्किंग शुल्क, ७५ को टिकट १०० मा किन्दापनी मेला हेर्न नपाएको आगन्तुक तथा दर्शकको गुनासो थियो । दर्शकहरु भन्छन, `दैनिक १ हजार देखि१ हजार ५ सय दर्शक आउने मेलामा राम्रो पानी सहितको शौचालयको व्यवस्था समेत छैन भने कृषिलाई प्राथमिकता दिने भन्दै नारा लगाए पनि व्यवसायीक स्टलहरुमा कृषि भन्दा अन्य सामानहरुका स्टल धेरै देख्न सकिन्छ।´ ‘थारु गाउँ पछाडि र मेला परिसरका खाजा स्टल पछाडि खुलेआम शौचालय(दिशा पिसाब) गर्न बाध्य रहेको मेला हेर्न आउने आगन्तुकहरुको गुनासो छ ।’ कानमा तेल हालेर बसेका आयोजक समितिलाई बारम्बार खबर गर्दापनि कुनै सुनुवाई नभएको एक स्टल व्यापारी बताउँछन् । जथाभावी खुलेआम दिशा पिसाब गर्दा समाजमा दुर्घन्धित भने पक्कै फैलिएको छ ।
त्यस्तै मेलाका भुस्तिंग्रे ठेकदारहरुले पार्किंग शुल्क अनाधिकृत रुपमा संकलन गरेको सामाजिक सञ्जालमा भाइरल नै थियो । भुस्तिङ्ग्रे गुण्डाहरु सडक कब्जा गरी पार्किंग स्थल खडा गरेका र मेला हेर्न नआएका सर्वसाधारणलाई पनि मोटरसाइकलको रु ५० लिँदा सर्वसाधारणहरुले सामजिक सञ्जाल मार्फत गुनासो पोखेका थिए । सबैले विरोध जनाए पछि जुन हाल निःशुल्क गरिएको छ।
सुरुमा दर्शकलाई आकर्षित बनाउन भारतबाट उँट ल्याउने, रसियन डान्सर ल्याउने आश्वासन देखाइएको थियो तर अहिले देख्न पाईएको छैन। सामाजिक सञ्जाल TikTok यूजरहरु कोहलपुर मेलाले रसियन डान्स देखाउनुको सट्टा अफ्रिकन डान्स देखायो भन्दै आफूलाई प्र्यांक महसुस भएको भन्दै मेलाको खिल्ली समेत उडाएको यथाताथै भाइरल नै बनेको छ ।
पुष १५ देखि चिसो अत्याधिक बढेको छ। चिसो बढेपनी कोहलपुर मेलामा भने दर्शकहरु उत्साहित हुँदै मेला हेर्न आईरहेका भएपनि भनेजस्तो नहुँदा आगन्तुकहरु निराश हुँदै घर फर्किने गरेका छन् । मेलामा भने मदिरा र धूम्रपानको लागि छुट्टै थारुगाउँ नामक केही स्टलहरु राखे पनि उक्त थारु गाउँ सुनसान छ भने मेला परिसर भित्र अरु खाजा घरहरूले खुलम खुल्ला मदिरा बेचिरहेका छ्न् । यसरी खुल्ला रुपमा मदिरा बिक्री तथा सेवन भएको थाहा हुँदा हुँदै पनि संम्बन्धित निकाय मौन बसेको छ ।
आदीबासी जनजातीको मौलिकता झल्ककाउने भन्दै सञ्चालनमा ल्याएको मेलामा मैले कुनै किसिमको त्यस्तो मौलिकता पाइन मेला हेर्न आएकी निलम थापा मगरले नेत्रपाटी सँग गुनासो पोखिन ।’हामी आफ्नै जनजातिले सञ्चालनमा ल्याएको मेला भनेर आयौ तर यहाँ त जनजातीको निहुँमा ठूला भनौदाहरुले पैसा कमाउने उद्धेश्य राखेको पाइएको उनको भनाई छ।
मेलाका आयोजक समितिको लापरवाहिले मेलामा बेला बेला टोले गुण्डाहरुको झगडा भएको समेत समाचार सम्प्रेषण भएका छन् । यस्तो कानमा तेल र आँखामा पट्टी बाँधेर बसेका आयोजक अथवा ठेकदारहरुको कहिले सम्म यस्तो कमाउ धन्दा टिक्ला ?
प्रतिक्रिया दिनुहोस्